नियम १२
दसी प्रमाण र अभियुक्त राख्ने
(१) ऐनको दफा १७ को उपदफा (१) बमोजिम तहकिकात गर्ने प्रहरी कर्मचारीबाट प्राप्त मिसिल सरकारी वकीलले अध्ययन गरी मुद्दा
चल्न सक्ने देखिएमा अभियोगपत्र तयार गरी अदालत समक्ष पेश गर्ने समयमा दाखिल गर्ने गरी मुद्दासँग सम्बन्धित दसी, प्रमाण र अभियुक्त भएमा अभियुक्तसमेत सम्बन्धित प्रहरी कार्यालयमा राख्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सरकारी वकीलले पठाएको दसी, प्रमाण र अभियुक्तलाई राख्ने जिम्मेवारी सम्बन्धित प्रहरी कार्यालयको हुनेछ ।